स्विडन टाउन लाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

फुटबल

काठमाडौं : एफए कपकाे तेस्रो चरण अन्तर्गत गए राति भएकाे खेलमा म्यानचेस्टर सिटीले घरेलु टाेली स्विडन टाउनमाथि ४-१ काे सहज जित हात पारेकाे छ । याे जितसँगै सिटीले प्रतियाेगिताकाे चाैथाे चरणमा आफ्नो स्थान सुरक्षित गर्‍याे ।

काउन्टी फुटबल मैदानमा सिटीलाई जित दिलाउन बर्नान्डाे सिल्भा, गाब्रियल जिसस, इल्के गुन्डाेगन र काेल पाल्मेरले १-१ गाेल गरे । घरेलु टाेलीका लागि ह्यारी म्याककिर्डीले १ गाेल फर्काए ।

खेलकाे १४औं मिनेटमा सिल्भाले गाेल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जिससले टाेलीकाे अग्रता दाेब्बर बनाए । ५९औं मिनेटमा गुन्डाेगनले सिटीका लागि तेस्रो गाेल गरे।

७८औं मिनेटमा म्याककिर्डीले खेललाई ३-१ काे अवस्थामा ल्याए ।८२ औं मिनेटमा पाल्मेरले गाेल गरेपछि सिटीले ४-१ काे सहज जित हात पारेकाे हाे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0