अग्रता जोगाउन नसक्दा ग्रानाडासँग बराबरीमा रोकियो बार्सिलोना

फुटबल

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिकाे खेलमा बार्सिलाेना घरेलु टाेली ग्रानाडासँग बराबरीमा राेकिएकाे छ । लस कार्मिनेसमा दुवै टाेलीले एक-एककाे बराबरी खेलेका हुन् । सुरुवाती अग्रता जाेगाउन नसक्दा १० खेलाडीमा सीमित बार्सिलाेना अंक बाँढ्न बाध्य बन्याे ।

खेलकाे ५७औं मिनेटमा फ्राङ्क डि जाेङले गाेल गर्दै बार्सिलाेनालाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा गाभीले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि बार्सिलाेना १० खेलाडीमा सीमित बन्याे । ८९औं मिनेटमा एन्टोनियो पुएर्टासले गाेल गर्दै घरेलु टाेलीलाई बराबरीमा ल्याए ।

याे नतिजासँगै २० खेलमा ३२ अंक जाेडेकाे बार्सिलाेना छैटौं स्थानमा रहँदा ग्रानाडा २४ अंकका साथ १२ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0