आयरल्याण्डसँग लज्जाष्पद हार भएपनि सन्दीप लामिछानेले बनाए किर्तिमान

क्रिकेट

काठमाडौं । नेपाल चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला प्रतियोगितामा आयरल्यान्डसँग पराजित भएको छ । चार देशीय शृङ्खला अन्तरगतको तेस्रो तथा अन्तिम खेलमा नेपाल १६ रनले पराजित भएको हो ।

ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सफल बन्यो ।

बलिङका क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, उनले ब्याटिङतर्फ पनि सबैभन्दा बढी रन लिने खेलाडी बने । उनले ३० बल खेल्दै सर्वाधिक २८ रन बनाएका थिए ।

यसअघि आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए । कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए । कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

सन्दीपको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–२० अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । ओमानमा भएको चारदेशीय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा आयरल्यान्डविरुद्ध एक विकेट लिँदै सन्दीपले यो रेकर्ड राखेका हुन् ।

सन्दीप विश्वमै टी–२० अन्तराष्ट्रियमा कम खेलमा ५० विकेट लिने विश्वकै तेस्राे क्रिकेटरसमेत बनेका छन् । उनले २९ खेलमा ५० विकेट पूरा गरेका हुन् । पहिलाेमा श्रीलंकाका अजन्था मेन्डिस र दाेस्राेमा आयरल्याण्डका मार्क आदिर छन् । उनीहरूले क्रमशः २६ र २८ खेलमा ५० विकेट लिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0