आईसीसी टी-२० वरीयतामा दिपेन्द्रसिंह ऐरीको फड्को, कुशल खस्किए

क्रिकेट

काठमाडौं : आईसीसी टी–२० को वरीयतामा नेपाली खेलाडी यथावत् रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताक्रमको शीर्ष सयमा नेपालका तीन खेलाडीको स्थान यथावत् रहेको हो।

नयाँ वरीयताक्रममा ब्याटिङतर्फ दिपेन्द्रसिंह ऐरी ५२औं स्थानमा रहेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रले यसै साता ओमानमा सम्पन्न चार देश सम्मिलित टी२० आई सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदा दीपेन्द्र ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए। यस्तै, सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डसँग नेपाल १६ रनले पराजित हुँदा पनि ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए। उक्त अन्तिम खेलमा दीपेन्द्रले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपनि एकल प्रयासमा नेपाललाई जिताउन सकेनन्।

अन्तिम खेलमा उनले टेस्ट टोली आयरल्यान्डलाई सस्तैमा अलआउट गर्नक्रममा ४ ओभरमा २१ रन खर्चेर मध्यक्रमका प्रमुख ४ विकेट लिएका थिए। यस्तै, उनले सोही खेलमा ३० बलमा १ चौका र १ छक्कासहित २८ रन बनाएका थिए। ओमानसँगको खेलमा भने दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अविजित विजयी इनिङ्स खेलेका थिए।

यता, नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल ६५औं स्थानमा यथावत् रहेका छन्। माघको मध्यतिर आईसीसीले सार्वजनिक गरेको वरियतामा कुशल ५१औं स्थानसम्म पुगेका थिए। उनको यो वरियता अहिलेसम्म कै उत्कृष्ट हो।

यता, बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ६५औं स्थानमा यथावत् रहेको छ। टी-२० ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान तथा दक्षिण अफ्रिकाका एडेन मार्कराम शीर्ष तीनमा यथावत् रहेका छन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज सम्सी, अस्ट्रेलियाका जोश ह्याजलउड र श्रीलंकाका वानिन्डु हसरंगा शीर्ष तीनमा रहेका छन्। सम्सी र जोश एक स्थानमाथि उक्लिएका हुन्। यस्तै, हसरंगा एक स्थान तल झरेका छन्। यसअघि उनी दोस्रो स्थानमा थिए। अलराउन्डरतर्फ भने अफगानिस्तानका मोहम्मद नावी, बंगलादेशका सकिब अल हसन र इंग्ल्यान्डका मोइन अली शीर्ष तीनमा यथावत् छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0