अन्तत: लयमा फर्कियो बार्सिलोना, एथलेटिको बिल्वाओमाथि गोलको वर्षा

फुटबल

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत एथ्लेटिको क्लबविरुद्ध आइतबार राति प्राप्त ४-० को सहज जितसँगै बार्सिलोनाले शीर्ष तीनको दूरी घटाएको छ । घरेलु मैदान क्याम्प नोउको प्रभावशाली जितसँगै बार्सिलोनाले तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको हो ।

बार्सिलोना २५ खेलबाट ४५ अंक जोड्दै चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । २६ खेलबाट ६० अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

बार्सिलोनाको १२औं जितमा पिएरे एमरिक औबामेयाङ, औसमाने डेम्बेले, लुक डि जङ र मेम्पिस डिपाएले १-१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । पराजित एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0