स्कटल्याण्डविरुद्ध विश्वकप छनौटको खेल सार्न युक्रेनको आग्रह

समाचार

काठमाडौं । युक्रेनले विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डविरुद्ध प्ले–अफ सेमिफाइनल खेलपछि सार्न आग्रह गरेको छ । रुसले आक्रमण गरेपछि युक्रेनमा यतिवेला फुटबल खेल्ने माहोल छैन । यसैलाई मध्यनजर गर्दै युक्रेनले खेल सार्न विश्व फुटबलको सर्वोच्च निकाय फिफासागले आग्रह गरेको हो । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ तारिखमा स्कटल्याण्डमा हुने तय भएकाेथियो ।

यस खेलको विजेताले विश्वप छनौटको अन्तिम खेलमा वेल्स र अष्ट्रियाबिचको विजेतासाग भिड्नुपर्ने हुन्छ । उता, रुसले फिफा र यूएफाको प्रतिबन्धविरुद्ध अन्तराष्ट्रिय अदालतमा अपिल गर्ने भएकोछ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुसमाथि प्रतिबन्ध लगाएकोथियो ।

यही प्रतिबन्धविरुद्ध रुसले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्ने भएको हो । फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल गुमाउने भएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0