नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कपमा तेस्रो चरण छनोटका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

“नेपाली टिमले चैत दोस्रो साता थाइल्यान्डको भ्रमण गर्नेछ,” अखिल नेपाल फुटबल संघ (एन्फ)का महासचिव इन्द्रमान तुलाधरले भने । नेपालले थाइल्यान्डमा चैत १० र १३ गते दुई मैत्रीपूर्ण खेल खेल्ने तुलाधरले बताए ।

नेपालले गएको माघ १५ र १८ गते अफ्रिकन राष्ट्र मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नेपाल १–० ले विजयी भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0