आईसीसी वरीयतामा कुशल भुर्तेलले गरे दुई स्थानको सुधार, दीपेन्द्रसिंहको खस्कियो

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा कुशल २९ औँ स्थानमा उक्लिएका हुन् । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१ औँ स्थानमा थिए । उनको यो वरियता नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट हो ।

वरियताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटर बाबर आजम र मोहम्मद रिजवान छन् ।

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
3
+1
1
+1
0
+1
1
+1
0