नेपाल सुपर लिगको विवाद मिल्यो २५ चैतदेखि सञ्चालन हुने गरि एन्फाले दियो स्वीकृति

फुटबल

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ । एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । एनएसइएमले २ चैतमा एन्फालाई पत्र लेख्दै एनएसएलका लागि २५ चैतदेखि १ जेठसम्मको मिति माग गरेको थियो ।

एन्फाले त्यही मितिमा एनएसएल गर्नका लागि स्वीकृति दिएको हो । एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीको हस्ताक्षर रहेको पत्रमा एनएसएलका लागि स्वीकृति दिएको उल्लेख छ । एनएसइएमका सीइओ सुदीप शर्माले एन्फाबाट एनएसएल सञ्चालनका लागि स्वीकृति दिएको पत्र पठाएको बताए ।

एनएसएललाई लिएर ए डिभिजन लिग क्लबहरुले असन्तुष्टि जनाएका थिए । पछिल्लो पटक ए डिभिजनका चार क्लबले पत्रकार सम्मेलन नै गरेर एनएसएल विवाद चाँडै सुल्झाउन माग गरेका थिए । त्यसपछि एन्फाले बनाएको सात सदस्यीय कार्यदलले चार क्लबहरुसँग छलफल गर्दै चैत ६ का लागि तोकिएको एनएसएलको ड्र स्थगित गर्न आयोजकलाई पत्र पठाएको थियो र आयोजकले ड्र रोकेको थियो ।

बुधबार भने एन्फाले आयोजकलाई पत्र पठाउँदै लिगका लागि स्वीकृति दिँदै प्रतियोगिताको सफलताको शुभकामना समेत दिएको छ । दोस्रो संस्करणमा तीन नयाँ टिमसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएलका लागि आयोजकले फागुन २० मा अक्सन समेत गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0