पूर्व कप्तान पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

अवार्ड अन्तर्गत स्वर्गीय शरद चन्द्र शाहलाई दशक अवार्डको अवसरमा लाइफ टाइम एचिभमेन्ट अर्थात गोल्डेन सेल्युट अवार्ड प्रदान गरेको छ । त्यस्तै क्रिकेट प्रशिक्षक जगत टमटाले दशक उत्कृट प्रशिक्षक २०७७ अवार्डको अवार्ड जितेका छन् ।

त्यस्तै ‘पर्फमर अफ दि इयर’ बाट एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारी सम्मानित भएकी छिन् । पिपल्स च्वाइस विधाको अवार्ड टेवल टेनिस खेलाडी एलिना महर्जनले जितेकी छिन् । पारा एथलिट अनरबाट सरिता थुलुङ्गबाट सम्मानित भइन् भने स्वास्थ्य नायकको रुपमा अजय राणा सम्मानित भएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0