नेपाल फिफाको वरीयतामा एक स्थान तल खस्कियो, ब्राजिल पहिलो

फुटबल

काठमाडौँ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा एक स्थान तल झरेको छ । फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान तल खस्किएको हो ।

यसअघिको वरीयतामा १ सय ६७ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १ सय ६८ औं स्थानमा झरेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा ब्राजिल रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0