पुन: चम्किए दिपेन्द्र ! नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य

क्रिकेट

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेल पपुवा न्युगिनी(पीएनजी)सँग खेलिरहेको नेपालले दिपेन्द्रसिंह ऐरीको अर्धशतकिय पालिमा १६९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोडेको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८ बलको सामना गर्दै सर्वाधिक ५४ रन र करन केसीले १२ बल खेल्दै ३३ रन जोडे। त्यस्तै मोहमद आदिल अलामले १५ रन जोडे। यस्तै कुशल भुर्तेल २२ बल खेल्दै २५ रन र आशिफ शेख २९ बल खेल्दै २९ रन जोडे।

नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइन प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0