आज श्रीलंकन ब्लु स्टार क्लबसँग भिड्दै लिग च्याम्पियन मछिन्द्र

फुटबल

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

मछिन्द्र क्लबले पहिलो पटक एएफसी कपको छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो ।

यसपटक आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजना मछिन्द्रको छ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ तारिखमा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0