एसियाली खेलकुदमा नेपालले २३ खेलमा भाग लिने

समाचार

काठमाडौं : चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले २३ खेलमा भाग लिने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय गरेको हो।

जसमा एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा गरेका छन्।

२३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव टंकलाल घिसिङका अनुसार दुई वर्षअघि नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका खेललाई एसियाडमा प्राथमिकतामा राखिएको छ। घिसिङले दक्षिण एसियाली खेलकुदमा फाइनलमा पुगेका खेललाई बढी प्राथमिकता दिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0