कोलकाता नाइट राइडर्सलाई हराउँदै आईपीएलको शीर्ष स्थानमा उक्लियो गुजरात

आईपिएल क्रिकेट

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नबप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

डीवाई पाट्ली स्टेडियम मुम्बईमा गुजरातले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो ।

गुजरातका लागि हार्दिक पाण्डेले सर्बाधिक ६७ रनको योगदान गरे । यस्तै डेभिड मिलरले २७ रनको योगदान गरे । ४९ बलको समाना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिँदा टिम साउथीले ३ विकेट हात पारे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1