घरेलु टोली डर्टमण्ड बोचुमसँग पराजित, हालाण्डको ह्याट्रिक गयो खेर

फुटबल

काठमाडौं। जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । घरेलु टोली डर्टमण्ड बोचुमसँग ४–३ ले पराजित हुन पुगेको हो । सिंगल इडुना पार्कमा भएको खेलमा बोचुमलाई जित दिलाउन सेवास्टियन पोल्टर, गेरिट होल्टम्यान, योर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक/एक गोल गरे ।

एर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्डलाई जित दिलाउन भने सकेनन् । खेलको तेस्रो मिनेटमै पोल्टरले बोचुमलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा होल्टम्यानले पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

१८ औं र ३० औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–२ को बराबरीमा ल्याए । ६२ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गरेपछि घरेलु टोली ३–२ ले अघि बढ्यो ।

८१ औं मिनेटमा लोकाडियाले बोचुमलाई ३–३ को अवस्थामा ल्याए । ८५ औं मिनेटमा पान्टोभिचले पेनाल्टीमार्फत गोल गरेपछि पाहुना टोलीले ४–३ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै बोचुम ३२ खेलमन ३९ अंक जोडेर ११ औं स्थानमा उक्लिँदा पराजित डर्टमण्ड समान खेलबाट ६३ अंकका दोस्रो स्थानमा यथावत छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0