बिश्वकप अगाडि फ्रान्सलाई लाग्यो ठुलो झड्का, टिमबाट बाहिरिए यी स्टार खेलाडी

फुटबल

काठमाडौँ । विश्वकप फुटबल नजिकिदै गर्दै फ्रान्सलाई ठुलो झट्का लागेको छ । फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे विश्वकपबाट बाहिरिएका छन् । आरएमसी स्पोर्ट्सका अनुसार कान्टे विश्वकप नखेल्ने भएका छन् । अहिले इन्जुरीका कारण चेल्सी टिमबाट बाहिर रहेका छन् ।

इन्जुरीका कारण कान्टे चेल्सीबाट यस सिजनमा केबल २ खेल मात्र खेलेका छन् । चेल्सीका प्रशिक्षक ग्राहम पोटरले कान्टेको नयाँ इन्जुरी चिन्ताजनक भएको बताएका छन् । उनको इन्जुरीको बारेमा स्पेसलिष्ट डाक्टरले थप विश्लेषण गर्ने पोटरले बताएका छन् ।

प्रशिक्षणका क्रममा कान्टेको घाइते भएपछि कम्तिमा तीन महिना मैदान बाहिर हुने बताइएको छ । कान्टे फ्रान्सले २०१८ मा विश्वकप जित्ने टिमका महत्वपूर्ण सदस्य थिए । फ्रान्सले अबको ६ सातापछि नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्ध खेल्दै छ ।

पाउल पोग्वा इन्जुरीका कारण टिम बाहिर रहेका बेला फ्रान्सलाई अर्को झट्का लागेको छ । पोग्वा यहि अक्टोबरको अन्त्य तिर युभेन्टसको टिममा फर्किने तयारीमा रहेको बताइरहेको बेला कान्टेको इन्जुरी विश्वकप सम्म ठिक नहुने दाबि गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1