साफ यू-१५ महिला च्याम्पियन खेल्ने बंगलादेश जाने नेपाली टोलीको बिदाइ

समाचार

काठमाडौं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जाने नेपाली टोलीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । एन्फाले एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताइन् ।

डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोली :

गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड : दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0