सलाहको निर्णायक पेनाल्टी गोलमा लिभरपुलको रोमाञ्चक जित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा मोहम्मद सलाहको गोल निर्णायक सावित भयो । घरेलु मैदान एनफिल्डरमा लिभरपुललाई जिताउन सलाहले ६७ औँ मिनेटमा पेनाल्टीको साहारा लिएका थिए ।

बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्वक्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए । ३७ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अंकको चेल्सी तेस्रो स्थानमा यथावत छ । गएराति नै भएको अर्को रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जजिन्होले गरेको गोलसँगै ३-२ अन्तरको जित पायो ।

चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे । खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मासन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो । ८३ औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २-२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जुरी समयमा गोल गर्दा चेल्सीले तीन अंक जोड्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0