ए डिभिजन लिग: आजबाट अन्तिम चरणका खेल, आज दुई खेल

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । १३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

आफ्नो अन्तिम खेलमा जित निकाल्दै जावलाखेल र संकटा लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछन् । १३ अंक जोडेर जावलाखेल दशौं स्थानमा रहेको छ भने १५ अंक जोडेर संकटा सातौं स्थानमा रहेको छ । यसैगरी, दिउँसो १ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार लिगको सुखद अन्त सँगै अंक तालिका सुधारको प्रयासमा हुने छ भने च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ । ७ अंक जोडेर ब्रिगेड ब्वाइज १३ औं स्थानमा रहँदै रेलिगेशनमा परिसकेको छ । १८ अंक जोडेर थ्री स्टार छैटौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0