च्याम्पियन्स लिगको नक आउट समिकरण पूरा, को को पुगे ?

समाचार

एजेन्सी : काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ वटा टोलीहरुको टुंगो लागेको छ । बुधबार राति समूह चरणका अन्तिम आठ खेल सकिएसँगै नक आउट चरणमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । बुधबार रातिका खेलहरुपछि इटालीको एसी मिलान र जर्मनीको आरबी लेप्जीग राउण्ड अफ सिक्सटिनमा थपिएका छन् ।

अष्ट्रियाको साल्जवर्गलाई ४–० ले हराउँदै एसी मिलान तथा युक्रेनको शख्तर डोनेत्स्कलाई ४–० ले हराउँदै लेप्जीग नक आउट चरणमा उक्लिएका हुन् । बुधबार रातिका अन्य खेलहरुमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले स्पेनको सेभियालाई ३–१ ले हराउँदा अर्को इंग्लिस क्लब चेल्सीले क्रोएसियाको डिनामो जाग्रबेलाई २–१ ले पाखा लगायो ।

यसैगरी स्पेनको रियाल मड्रिडले स्कटल्याण्डको सेल्टीकलाई ५–१ ले हराउँदा फ्रान्सको पि.एस.जी.ले इटालीको युभेन्टसलाई उसैको मैदानमा २–१ ले स्तब्ध पा¥यो । यो सिजनको च्याम्पियन्स लिगमा इंग्ल्याण्ड र जर्मनीका चार चारवटा टोली नक आउट चरणमा पुगेका छन् ।

यसैगरी इटालीबाट तीन टोलीले राउण्ड अफ सिक्सटिनमा स्थान बनाउँदा पोर्चुगलका दुई टोली छानिएका छन् । फ्रान्स, स्पेन, र बेल्जीयमबाट पनि एक एक टोली च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
1
+1
0
+1
1
+1
2
+1
2