भारत श्रीलंकासँग बराबरीमा रोकियो, नेपाललाई फाईदा

फुटबल

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा सर्वाधिक विजेता भारत श्रीलंकासँग बराबरीमा रोकिएको छ । बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि ०-० को नतिजा स्वीकार्न वाध्य भएका हुन् ।

सुरुवाती दुई खेलमा हार बेहोरेको श्रीलंकालाई भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन। श्रीलंकासँग बराबरीमा रोकिएको भारतलाई भने उपाधि होडमा धक्का लागेको छ । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।

साफको अंक तालिकामा नेपाल लगातार दुई जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० र दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो। बंगलादेश २ खेलमा ४ अंक तथा भारतको २ खेलमा २ अंक छ। भारत २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ। श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0