साफ च्याम्पियनसिपमा नेपालसँग पराजित मालदिभ्सले बंगलादेशलाई हरायो, नेपाललाई फाईदा ?

फुटबल

एजेन्सी । साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाईनल पुग्ने संभावना जिवित राखेको हो । जारी संस्करणमा माल्दिभ्सको यो पहिलो जित हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे । माल्दिभ्सले ५५औँ मिनेटमा हाम्जाको गोलबाट अग्रता लिएको थियो । हाम्जाले हुसैन निहानको पासमा एक्रोबाइटिक सटमा गोल गरेका थिए । ३६ वर्षे फरवार्ड अश्फाकले ७४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर बनाएका थिए ।

बिहीबार दोस्रो खेलमा जीत निकाल्दै आयोजक माल्दिभ्सले महत्वपूर्ण ३ अंक हात पारेको छ। तीन खेल खेलेको बंगलादेश एक खेल जीत, एक खेलमा हार र अर्को खेलमा बराबरी गरी ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

साविक विजेता माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अब प्रतियोगितामा श्रीलंका र भारतविरुद्ध खेल्न बाँकी छ । चार अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशले नेपालसँग खेल्न बाँकी छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0