नेपाल र भारतबिचको फुटबल शुरु, हेर्नुस लाईभ ( लाईभ भिडियो सहित )

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिपमा भारत र नेपलको खेल माल्दिम्सको मालेमा सुरु भएको छ । यसअघि दुबै खेलमा जित हासिल गरेको नेपाल बलियो मनोबल सहित मैदानमा उत्रिएको छ ।

नेपालको सुरुआती ११ मा कप्तान किरण लिम्बू, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, मनीष डांगी र रोहित चन्द छन् । प्रतियोगितामा श्रीलंकाको सामना गरेको टिममा सुरुमै खेल्न नपाएका दिनेश, सुजल र मनीष फेरि फर्केका छन् । उनीहरूले विशाल राई, अञ्जन विष्ट र नवयुग श्रेष्ठको स्थान लिएका हुन् ।

प्रतियोगितामा नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । माल्दिभ्सको पनि समान ६ अंक छ । त्यसपछि बंगलादेशको ४, भारतको ४ तथा श्रीलंकाको १ अंक छ । यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0