भारतसँग हारेपनि यसरी नेपाल साफ च्याम्पियनसिपको फाईनलमा पुग्छ

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ। आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको हो।

माले स्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । फारुख चौधरीको हेडर पासमा खेलको ८२ औं मिनेटमा कप्तान सुनिल क्षेत्रील गोल गरे । भारतका लागि सुनिलको यो ७७ औं गोल हो ।

पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके पनि त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ । पर्सि बुधवार बङ्गलादेशसँगको खेल नेपालका लागि ‘गर या मर’ को हुनेछ ।

बङ्गलादेशसँग हारेमा नेपाल बाहिरिने छ । नेपाल र बङ्गलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ । जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2