नेपाल भर्सेज भारत ! इतिहास हेर्दा भारत बलियो, नेपाल कमजोर

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन्। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले भने दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् । भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

नेपाल भर्सेज भारत हेड टू हेड :

हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । नेपाल र भारतबीच अहिलेसम्म २२ पटक भिडन्त भएको छ । जसमा भारतले १५ पटक जित हासिल गरेको छ भने नेपालले केबल २ पटक जित हासिल गरेको छ । त्यस्तै ५ खेल बराबरीमा रोकिएका छन् ।

पछिल्लो पटक गत सेप्टेम्बरमा काठमाडौँमा खेलेका दुई मैत्रीपूर्ण खेलमा एक खेल बराबरी भएको थियो भने एक खेलमा भारत विजयी भएको थियो । त्यस्तै यसै साफ च्याम्पियनसिपको लिग चरणमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1