स्पेनी क्लब बार्सिलोना र अर्जेन्टिनी बोका जुनियर्स म्याराडोना कपमा भिड्ने

फुटबल

काठमाडौं । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको सम्झनामा स्पेनी क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ । उक्त खेल आगामी डिसेम्बर १४ मा साउदी अरेबियामा हुने तय भएको छ ।

मैत्रीपूर्ण खेलको नाम ’म्याराडोना कप’ राखिएको छ । म्याराडोनाले बार्सिलोना र बोका जुनियर्स दुवै क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको एक अस्पतालमा निधन भएको थियो ।

म्याराडोनासहितको टोलीले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएको थियो । म्याराडोना अर्जेन्टिनाका पूर्वप्रशिक्षकसमेत हुन् । उनले सन् २००८ देखि १० सम्म अर्जेन्टिनी टोली सम्हालेका थिए । म्याराडोना सर्वकालीन महान फुटबलर मानिन्छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0