पाकिस्तानले अष्ट्रेलियालाई दियो १७७ रनको लक्ष्य, फखर र रिजवानको आक्रामक ब्याटिङ

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा मात्र विकेट ४ विकेट गुमाएर १७६ रन बनायो ।

पाकिस्तानका मोहम्मद रिजवानले ६७, फाखर जमानले अविजित ५५ र बाबर आजमले ३९ रन जोडे। पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गरेको पाकिस्तानले दोस्रो विकेटका लागि पनि ८२ रनको साझेदारी गरेको थियो। रिजवान र फाखर दुवैले चार/चार छक्का प्रहार गरे।

अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए । अस्ट्रेलिया र पाकिस्तानबीच टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म २३ खेल भएका छन् । जसमा पाकिस्तानले १३ खेल जितेको छ भने अस्ट्रेलिया नौ खेलमा विजयी भएको छ । दुई टोलीबीच टी–ट्वान्टी विश्वकपमा भएका ६ मध्ये पाकिस्तान र अस्ट्रेलियाले समान तीन/तीन खेलमा जित हासिल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0