स्टेभन जेरार्ड एस्टन भिल्लाको प्रशिक्षकमा नियुक्त

फुटबल

काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्टेभन जेरार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । तीन वर्ष स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक रहेका लिभरपुलका पूर्व कप्तान जेरार्डलाई एस्टन भिल्लाले बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

४१ वर्षीय जेरार्डले रेन्जर्सलाई १० वर्षपछि गत सिजन पहिलो उपाधि दिलाएका थिए । जेरार्डले अब एस्टन भिल्लामा आइतबार बर्खास्तीमा परेका डिन स्मिथको स्थान लिनेछन् । एस्टन भिल्ला हाल प्रिमियर लिगमा १६ औं स्थानमा छ र रेलिगेसन जोनभन्दा २ अंकले मात्र माथि छ ।

प्रशिक्षक बनेर प्रिमियर लिगमा फर्किएका जेरार्डले इंग्लिस फुटबलमा एस्टन भिल्लाको इतिहास राम्रो रहेको भन्दै यसको प्रशिक्षक हुन पाउनु गर्वको विषय भएको बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0