महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

फुटबल

एजेन्सी । इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरूष खेलाडी खेलाइएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले एसियाली फुटबल महासंघ )एएफसी) सँग लिंग जाँचको माग गरेको हो ।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन् ।

जोर्डनले गोल किपरको लिंग जाँचको माग गरेपछि एसियाली फुटबल महासंघले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
0