सूर्यकुमार चम्किएपछी न्युजिल्यान्डविरुद्ध भारतको रोमान्चक जित

क्रिकेट

काठमाडौं : भारतमा भ्रमणमा रहेको न्युजिल्यान्ड पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोलीसँग पराजित भएको छ। टी-२० विश्वकपमा खराब प्रदर्शन गरेपछि पहिलो पटक सिरिज खेलेको भारतले ५ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरमा १० रनको आवश्यकता भएको खेलमा भारतले न्युजिल्यान्डमाथि रोमान्चक जित हासिल गरेको हो । भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषव पन्त १७ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ७० रन र मार्क चापम्यानले ६३ रन बनाए ।

भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुई/दुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एक/एक विकेट लिए । केही दिनअघि सकिएको टी २० विश्वकपमा भारत ग्रुप स्टेजबाट नै आउट भएको थियो । न्युजिल्यान्डले फाइनलमा अष्ट्रेलियासँग हार व्यहोरेको थियो ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0