एक खेल अगावै न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई

क्रिकेट

एजेन्सी : न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ । राँचीमा गएराति भएको दोस्रो टी–२० मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडि नै श्रृङ्खला जितेको हो ।

न्यूजिल्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १७.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतको लागि ओपनर राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

राहुलले सर्वाधिक ६५ रन बनाने क्रममा ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान शर्माले ३६ बलमा १ चौका र ५ छक्कासहित ५५ रन जोडे। त्यस्तै वेंकटेश अय्यर र ऋषव पन्तले अविजित १२-१२ रन बनाए भने सूर्यकुमार यादव एक रन बनाएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतीय बलर हर्षल पटेलले २ विकेटले लिएका थिए भने भुवनेश्वर कुमार, दीपक चहर, अक्सर पटेल र आर आश्विनले एक एक विकेट लिएका थिए । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई ५ विकेटले हराएको थियो। अब तेस्रो तथा अन्तिम खेल आगामी आइतबार कोलकातामा हुनेछ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0