नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

भलिबल

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्मान गरेको हो ।

शाहीकाे कफतानीमा ढाकामा सम्पन्न प्रथम इभीसी एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितमा स्वर्ण पदक र २०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म १३ औँ भएकाे सागमा नेपाललाई एेतिहासिक रजत जिताउन सफल भएको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।

सम्मान स्वरुप कप्तान शाहीले नगद ५० हजार प्राप्त गरेकी छन् । यो सम्मानको भागेदार आफू एक मात्रै नभइ सम्पूर्ण भलिबल टोली भएको कम्तान शाहीले बताइन् । यस्ता सम्मानले नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई अघि बढाउन हौसला मिलेको बताइन् । राष्ट्रिय भलिबल टोलीका लागि अझै मेहनत गर्ने उनले प्रतिबद्धतासमेत गरिन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged