चेलिहरुले उपाधी जित्दा पुरुष टिम रित्तो हात घर फर्किने, फाईनलमा उज्वेकिस्तानसँग पराजित

भलिबल

काठमाडौं: एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरूषतर्फ नेपाल पदकविहीन बनेको छ। मंगलबार ढाकामा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पराजित भयो।

नेपाललाई उज्वेकिस्तानले ३-० को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१७ ले हार्‍यो। तेस्रो सेटमा पनि २५-२२ ले पराजित भएपछि नेपाल पदकविहीन बन्न पुग्यो।

यसअघि नेपालले समूह चरणमा दुई खेलमा विजयी हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा पक्का गरेको थियो। समूह चरणमा नेपालले माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो। बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।

यता महिलातर्फ भने नेपाल च्याम्पियन बन्यो। नेपालले मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1