वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा

फुटबल

काठमाडौं । वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा राहिम स्टर्लीङले एक गोल गरे । वाट्फोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काए ।

जितसँगै म्यान्चेस्टर सिटी जारी सिजनमा पहिलो पटक लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । १५ खेलबाट सिटीको ३५ अंक भएको छ । समान खेलबाट ३४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिँदा ३३ अंकको चेल्सी तेस्रो स्थानमा झरेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्काे खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले ३–२ ले पाखा लगायो । यसैगरी, न्युकासल युनाइटेडले बर्नलेलाई १–० ले पराजित गर्दा साउथह्याम्पटन र ब्राइटनले १–१ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0