१७ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो बार्सिलोना

फुटबल

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुहको अन्तिम खेलमा जर्मनीको बायर्न म्युनिखले बार्सिलोनालाई ३–० ले हरायो । यो हारसँगै बार्सिलोनाको नक आउट चरणमा पुग्ने संभावना समाप्त भयो ।

यो सिजन कमजोर प्रदर्शन गरिरहेको बार्सिलोनाले समुहका ६ खेलबाट ७ अंक मात्रै जोड्यो । यो समुहमा १८ अंक जोडेको बायर्न म्युनिखसँगै ८ अंक जोडेको बेनिफीका पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश ग¥यो । बार्सिलोनाको भने ७ अंक मात्रै भयो । ५ पटकको युरोपियन च्याम्पियन बार्सिलोना पछिल्लो १७ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिएको हो ।

गएराति भएका अन्य खेलहरुमा विजयी हुँदै फ्रान्सको लिल् र अष्ट्रियाको साल्जवर्ग पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । लिल्ले जर्मनीको वुल्फवर्गलाई ३–१ ले हराउँदा साल्जवर्गले स्पेनको सेभियामाथि १–० को जित निकाल्यो ।

गएराति भएका अन्य खेलहरुमा इटालीको युभेन्टसले स्विडेनको माल्मोलाई १–० ले हराउँदा इंग्ल्याण्डको चेल्सीले रुसको जेनिथसँग ३–३ गोलको तथा म्यान्चेस्टर युनाइटेडले स्विट्जरल्याण्डको योङ ब्वाइजसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0