वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिन स्विप’

क्रिकेट

काठमाडौ : वेस्ट इण्डिजसँगको टी–२० क्रिकेट सिरिज ३–० ले क्लिनस्विप गरेको छ । गएराति अन्तिम तथा तेस्रो खेलमा वेस्ट इण्डिजलाई ७ विकेटले हराउँदै पाकिस्तानले सिरिज क्लिनस्विप गरेको हो । तेस्रो खेलमा वेस्ट इण्डिजले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले ।

रिजवानले ४५ बलमा १० चौका र तीन छक्कासहित ८७ रनको योगदान दिए । बाबरले ५३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७९ रनको योगदान दिए । फखर जमान १२ रनमा आउट हुँदा आसिफ अली २१ र इफ्तिखर अहमद १ रनमा अविजित रहे ।

बलिङमा ओडीन स्मिथ, डोमेनिक ड्रिक्स र रिमियो शेफर्डले एक/एक विकेट हात पारे । त्यसअघि, कराँची नेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनायो । उसका लागि कप्तान निकोलश पूरनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ६ छक्का र दुई चौकासहित ६४ रन बनाए ।

त्यस्तै, ब्रेण्डन किंग र शामर ब्रुक्सले पनि उत्कृष्ट पारी खेले । ब्रुक्सले ३१ ब्लमा चार छक्का र दुई चौकासहित ४९ र किंगले २१ ब लमा सात चौका र दुई छक्काको सहयोगमा ४३ रनको योगदान दिए । त्यस्तै, डारेन ब्रावो ३४ र रोभम्यान पावेल ६ रनमा अविजित रहे । बलिङमा मोहम्मद वासिम मोहम्मद वसीमले दुई र शाहनवाज दहनीले एक विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0