बुन्डेस लिगा : बायर्न म्युनिखकाे सहज जित

फुटबल

काठमाडौ : जर्मन बुन्डेस लिगाअन्तर्गत शुक्रबारकाे खेलमा घरेलु टाेली बायर्न म्युनिखले सहज जित हात पारेकाे छ । बायर्नले एलियन्ज एरिनामा उल्फ्सवर्गमाथि ४-० काे फराकिलाे जित हात पारेकाे हाे ।

बायर्नकाे जितमा थाेमस मुलर, डेअट उपमेकानो, लिरोए साने र राेबर्ट लेवान्डाेस्कीले गोल गरे । खेलको सातौं मिनेटमा मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो । ५७औं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा सानेले टाेलीका लागि तेस्रो गाेल गरे । ८७औं मिनेटमा लेवान्डाेस्कीले गाेल गर्दै बायर्नलाई ४-० काे सहज जित दिलाए । याे गाेलसँगै लेवान्डाेस्कीले गर्ड मुलरकाे कीर्तिमान ताेडेका छन् ।

लेवान्डाेस्कीकाे सन् २०२१ मा याे ४३औं गोल हाे । मुलरले सन् १९७२ मा ४२ गाेलकाे कीर्तिमान बनाएका थिए । याे जितसँगै शीर्ष स्थानमा कायम बायर्नले १७ खेलबाट ४३ अंक जाेड्दा खेल कम पराजित उल्फ्सवर्ग २० अंकका साथ १२औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0