लेवान्डोस्कीको नयाँ किर्तिमान ! बने एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडी

फुटबल

काठमाडौ : रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जेर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् ।

शुक्रबार राति भएको भिएफएल वुल्फ्सबर्गसँगको खेलमा लेवान्डोस्कलिे ८७ औँ मिनेटमा गोल गरेका हुन् । सन् २०२१ (हालसम्म) मा उनले बुण्डेसलिगामा गरेको यो ४३ औँ गोल हो । योसँगै उनी एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

शुक्रबार रातिको खेलमा बार्यन म्युनिख ४–० ले विजयी भयो । उसका लागि सातौँ मिनेटमा मुलर, ५७ औँ मिनेटमा उपामेकानो, ५९ औँ मिनेटमा लिरोय साने तथा ८७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेका हुन् ।

लेवान्डोस्कीले सन् २०२१ मा बार्यन म्युनिख र राष्ट्रिय टिम पोल्याण्डका लागि ५९ खेलमा ६९ गोल गरेका छन् । लेवान्डोस्कीले सन् १९७२ मा जेर्ड मुलरले ४२ गोल गरेर बनाएको कीर्तिमान तोडेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
5
+1
1
+1
0
+1
0
+1
0