सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश, एन्केतियाले गरे ह्याट्रिक

फुटबल

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए ।जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा सण्डरल्याण्ड बाहिरिएको छ ।

लिग कपका बाँकी तीन वटा क्वाटरफाइनल खेलहरु आज हुनेछन् । आज राति ब्रेन्टफोर्ड र चेल्सी, लिभरपुल र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0