यु-१९ एसिया कपमा नेपाल र बलियो बंगलादेश भिड्दै, कसले जित्ला त खेल ?

क्रिकेट

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपाली युवा क्रिकेट टोलीले आज टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । बंगलादेशसँग नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि खेल्नेछ ।

यसअघि नेपाल र बंगलादेशबीचको खेल बिहीबार हुने तालिका रहेको थियो । खेल एक दिनपछि सरेर आज हुने भएको हो । नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुग्ने लक्ष्यका साथ युएई पुगेको छ। नेपाली टिमले टेस्ट देशहरूलाई नै मुस्किल पार्ने किसिमको खेल पस्किने योजना बनाएका छन्।

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्तोष कार्की, अर्जुन कुमाल, देव खनाल (कप्तान), विवेक रानामगर, अर्जुन साउँद (विकेटकीपर), आदिल अन्सारी, शेर मल्ल (उपकप्तान), विवेक यादव, गुल्शन झा, दुर्गेश गुप्ता र दीपेश कँडेल।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0