फिफा वरियतामा नेपाल १६९औं स्थानमा, बेल्जियम पहिलो स्थानमा

फुटबल

काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले आज सार्वजनिक गरेको पुरुषतर्फको वरियतामा नेपाल १६९औं स्थानमा रहेको छ । नेपालले ९७२.४५ अंकसहित उक्त स्थान बनाएको हो ।

नेपाल पुरानै स्थितिमा कायम रहेको हो । दक्षिण एशियामा नेपालपछि भुटान, बङ्गलादेश, पाकिस्तान र श्रीलंका छन् । दक्षिण एशियाली देशहरुमध्ये नेपालभन्दा माथि भारत, अफगानिस्तान र मालदिभ्स छन् । भारत १०४औं स्थानमा छ ।

बेल्जियम विश्व वरियतामा पहिलो स्थानमा रहेको छ । अंकमा सुधार गर्दै ब्राजिलले दोस्रो स्थान कायमै राखेको छ । तेस्रो स्थानमा विश्वकप विजेता फ्रान्स छ । चौंथोमा बेलायत र पाचौंमा अर्जेन्टिना छ । एशियामा इरान सबैभन्दा माथि २१औं स्थानमा छ । जापान २६ औं र कोरिया ३३औं स्थानमा छन् ।-

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0