महिला भलिबल टोलीको लगातार तेस्रो जित, नेपाल फाइनल नजिक

भलिबल

काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार तेस्रो खेलमा जित निकालेको छ। नेपालले शनिबार आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। नेपालले पहिलो सेट २५-५, दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-१७ ले जित्यो।

जितसँगै नेपालले ८ अंक जोडेको छ। दोस्रो स्थानको उज्वेकिस्तानको ५ अंक छ। प्रतियोगिताको साविक विजेता नेपाली महिला टिमले यसअघि शुक्रबार भएको आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित निकालेको थियो।

अब उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यता पुरूषतर्फ नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा भने उज्वेकिस्तानलाई हराएको थियो। नेपालले आज श्रीलंकासँग खेल्दैछ। पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0