इंग्लिस प्रिमियर लिग : १० खेलाडीमा सीमित आर्सनल सिटीसँग पराजित

फुटबल

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए ।

यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए । आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो ।

आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको चेल्सीभन्दा सिटी ११ अङ्कले अघि रहेको छ । आर्सनल भने ३५ अङ्कसहित चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0