सुरूआती अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै बायर्न म्युनिखको हार

फुटबल

काठमाडौं । जर्मन बुन्डेस लिगा अन्तर्गत गए राति भएकाे खेलमा घरेलु टाेली बायर्न म्युनिख पराजित भएकाे छ। एलियान्ज एरिनामा सुरूवाती अग्रता जाेगाउन नसक्दा बायर्न बाेरुसिया माेन्चेनग्लाडबाचसँग २-१ ले पराजित हुन पुग्याे ।

१८औं मिनेटमा राेबर्ट लेवानडाेस्कीले गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा फ्लाेरिन नेउहउसले माेन्चेनग्लाडबाचलाई १-१ काे बराबरीमा ल्याए । ३१औं मिनेटमा स्टेफन लेइनरले टाेलीलाई २-१ ले अघि बढाए ।

दोस्रो हाफमा दुवै टाेलीबाट गाेल हुन नसक्दा माेन्चेनग्लाडबाचले राेमाञ्चक जित दर्ता गरेकाे हाे । हारका बाबजुद पनि बायर्न १८ खेलमा ४३ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा जित हात पारेकाे माेन्चेनग्लाडबाच २२ अंक जाेडेर ११औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0