एफए कप फुटबल चेल्सीको सानदार जित, चौथो चरणमा प्रवेश

फुटबल

काठमाडौं । एफए कपकाे तेस्रो चरण अन्तर्गत गए राति भएकाे खेलमा घरेलु टाेली चेल्सी विजयी भएकाे छ । स्टामफाेर्ड ब्रिजमा चेल्सीले चेस्टरफिल्डमाथि ५-१ काे शानदार जित हात पारेकाे हाे । याे जितसँगै चेल्सी प्रतियाेगीताकाे चाैथाै चरणमा प्रवेश गरेकाे छ ।

चेल्सीलाई जित दिलाउन टिमाे वेर्नर, कालुम हड्सन ओडाेई, राेमेलु लुकाकु, आन्द्रेस क्रिस्टिन्सन र हाकिम जियाचले एक-एक गाेल गरे । चेस्टरफिल्डका लागि अक्वासी असान्टाले एक गाेल फर्काए ।

खेलकाे छैटौं मिनेटमा वेर्नरकाे गाेलमार्फत् चेल्सीले अग्रता लिएकाे थियाे । १८औं मिनेट ओडाेइले टाेलीकाे अग्रता दाेब्बर बनाए । २०औं मिनेटमा लुकाकु र ३९औं मिनेटमा क्रिस्टिन्सनले गाेल गर्दा चेल्सी ४-० ले अघि बढ्याे ।

५५औं मिनेटमा जियाचले पेनाल्टीमार्फत टाेलीका लागि पाँचौं गाेल गरे । ८० औं मिनेटमा असानटाले चेस्टरफिल्डका लागि एक गाेल फर्काए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0