आफ्नै पिता जस्तै महान् फुटबलर बन्ने बाटोमा जुनियर रोनाल्डो, युनाइटेडले एकेडेमीमा भित्र्यायो

फुटबल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुबाको पाइला पछ्याउँदै छन् । किनकि पोर्चुगल स्टारका ११ बर्षिय छोरा रोनाल्डो जुनियर आधिकारिक रूपमा म्यानचेस्टर युनाइटेडको एकेडेमीमा सामेल भएका छन् ।

रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले क्रिस्टियानो रोनाल्डो जुनियरको म्यानचेस्टर युनाइटेडको जर्सी पछाडी आफ्नो बुबाको नम्बर ७ अंकित सामाजिक सञ्जालमा सार्बजनिक गरेकी छन् । जर्जिनाले लेखेकी छन्- ‘हाम्रा सपनाहरू सँगै पछ्याउँदै, मम लाभ्स यू’

क्रिस्टियानोको छोरा जुनियरलाई म्यानचेस्टर युनाइटेडले ब्राजिलियन वण्डर किड्स ग्याब्रियलसँगै प्रस्तुत गरेको थियो । ब्राजिलका वण्डर किड्स गाब्रियलका इन्स्टाग्राममा ३० हजार भन्दा बढी फलोअरहरू छन् ।

केही दिन अघि, पोर्चुगल अन्तर्राष्ट्रियले म्यानचेस्टर युनाइटेडको ट्रेनिङ टप लगाएका आफ्ना छोरासँग प्रशिक्षण गरिरहेको केही तस्बिरहरू अपलोड गरेका थिए । रोनाल्डोले पटक पटक आफ्नो छोराले कुन क्यारियर रोज्ने भन्ने बारे आफुले दबाब नदिने बताउदै आएका छन् ।

केहि साता अघि ग्लोबल सकर अवार्ड समारोहमा रोनाल्डोले भनेका थिए- ‘हामी हेर्नेछौं कि मेरो छोरा एक फुटबलर बन्ने या छैन । कहिलेकाहीं उसले कोका-कोला र फ्यान्टा पिउछ र कुरकुरे खान्छ, र उसलाई थाहा छ मलाई यो मन पर्दैन । कहिलेकाहीँ म मेरो छोरालाई ट्रेडमिलमा दौडिएपछि निको हुन चिसो पानीमा डुब्न भन्छु र उसले बुबा, त्यहाँ धेरै चिसो छ भन्छ । यो सामान्य छ, किनकी उ अझै सानै छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0