लियोनल मेसीनै अर्जेन्टिनाको टिममा परेनन्

फुटबल

काठमाडौं । अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा चिली र कोलम्बियाविरुद्धको खेलका लागि लियोनल मेसीलाई टोलीबाट बाहिर राखेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसी कोभिड–१९ संक्रमित भएका थिए । मेसी कोभिड–१९ संक्रमणमुक्त भइसके पनि पूर्ण फिट छैनन् ।

दुईपटकको विश्वकप विजेता र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले कतारमा हुने प्रतियोगिताका लागि स्थान पक्का गरिसकेको छ ।३४ वर्षीय मेसीले गएको डिसेम्बर २२ यता पीएसजीका लागि पनि खेलेका छैनन् । फ्रेन्च लिग वानमा एफसी लोरिएन्टविरुद्ध खेलेपछि मेसीले क्लबबाट पनि खेलेका छैनन् । त्यसैकारण उनले २७ सदस्यीय टोलीबाट आफूलाई बाहिर राखेका हुन् ।

अर्जेन्टिनाले यही जनवरी २७ मा चिली र फेब्रुअरी १ मा कोलम्बियाविरुद्ध खेल्नेछ । मेसी अर्जेन्टिनामै बिदा मनाउँदा कोभिड–१९ संक्रमित भएका थिए । उनी पेरिस फर्किएर व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेका छन् । पीएसजीले फेब्रुअरी १५ मा च्याम्पियन्स लिगको अन्तिम–१६ मा रियाल मड्रिडविरुद्ध खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
6
+1
1
+1
5
+1
3
+1
6
+1
11