साफ च्याम्पियनसीपको खेल तालिका परिवर्तन, यस्तो छ नयाँ तालिका अनुसार नेपालको खेल

फुटबल

काठमाडौं । माल्दिभ्समा (भोली) बाट शुरु हुने साफ च्याम्पियनसीप प्रतियोगिताको खेल तालिका हेरफेर भएको छ । बिहीबार सार्वजनिक नयाँ तालिकामा समय मात्रै परिवर्तन गरिएको छ प्रतिस्पर्धी टिम भने यथावत नै छन् ।

नयाँ तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल १५ असोज (भोली) नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।

यसअघिको तालिका अनुसार उद्घाटन खेल नेपाल र आयोजक माल्दिभ्सबीच हुने थियो । यस्तै शनिबार बंगलादेश र श्रीलंकाबीच दोस्रो खेल रहेको थियो ।
तालिका हेरफेरसँगै अब नेपालले शनिबार मात्रै प्रतिस्पर्धा गर्ने छ । नेपालले दोस्रो खेल नेपाली समय अनुसार ९ः३० बजे माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिता शुरु गर्ने छ । प्रतियोगिताको बाँकी खेल तालिकामा भने यथावत छ ।

च्याम्पियनसिपमा नेपालले दोस्रो खेल १८ असोजमा श्रीलंकाविरुद्ध खेल्नेछ । यस्तै नेपालले २४ असोजमा भारत र २७ असोजमा बंगलादेशविरुद्ध खेल्ने छ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यसपटक प्रतियोगितामा भुटान र पाकिस्तानले सहभागीता जनाएका छैनन् ।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – ६ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस श्रीलंका – १८ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस भारत – २४ असोज– राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश– २७ असोज– अपरान्ह ४ः४५ बजे

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
6