रियाल मड्रिड उक्लियो स्पेनिस लिगको शिर्ष स्थानमा

फुटबल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानडालाई ४-१ गोल अन्तरले हराएको छ । आइतबार ग्रानडाको मैदानमा भएको खेलमा रियलले १० खेलाडीमा सिमित ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको २५ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

लगतै खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए पनि ५६ औं मिनेटमा भिनियस जुनियर र ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डिले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले १३ खेलमा ३० अंक जोडेको छ । ग्रानडा ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0